आज सुन चाँदीको भाउ घट्यो

जनपत्र
१३ चैत्र २०७९, सोमबार १२:२६

काठमाण्डाै – सुनचाँदीको भाउ आज घटेको छ । आज सुनको भाउ तोलामा २ सय रुपैयाँले घटेको हो।

आज सुनको भाउ तोलामा १ लाख ९ हजार रुपैयाँ तोकिएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुन तोलामा १ लाख ९ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको भाउ पनि घटेको छ ।

तोलामा १० रुपैयाँले घटेर चाँदी १ हजार ३ सय ६० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*