मकवानपुरको निर्वाचन क्षेत्र र संसद तताइरहेका महेश बर्तौला

हरि हुमागाईं
१३ चैत्र २०७९, सोमबार ०८:११

हेटौंडा । मकवानपुर क्षेत्र नम्बर–२ का प्रतिनिधिसभाका सदस्य तथा नेकपा एमालेका सचेतक महेश कुमार बर्तौलाको दैनिकी हिजो आज निकै व्यस्त हुन थालेको छ । बिहानको झिसमिसे देखि राती अवेर सम्म मकवानपुरका जनतालाई संघीय संसदमा जोड्नका लागि काम गरिरहनु भएको छ । आफ्नो निर्वाचन क्षेत्र र संसदका कामले भ्याइ नभ्याइ हुने उहाँ बताउनुहुन्छ ।

उमेर अनुसारको उर्जा र पढाइ अनुसारको क्षमता निर्वाचन क्षेत्र र संसदमा प्रस्तुत गरिरहनु भएका बतौंला निर्वाचनमा विजयी भएदेखि थकाइ नमारीकन निरन्तर खटिरहनु भएकोमा यहाँका नागरिक पनि निकै खुसी रहेका छन् । निर्वाचनमा विजयी भएपछी आधा समय आफ्नो निर्बाचन क्षेत्र र आधा समय संसदमा बिताउने गरेको वताउँदै उहाँ भन्नुहुन्छ–‘मकवानपुरका रुपचन्द्र बिष्ट पनि आधा समय सदनमा र आधा समय जनताको घरदैलोमा पुग्ने गर्नु भएको थियो मैले पनि त्यसैगरी काम गर्नुपर्छ भनेर सुरुवात गरेको हुँ ।’

संसद चल्ने दिनमा रातारात काठमाण्डौं पुग्ने र संसद नचलेको दिनमा फेरी आफ्नो निर्वाचन क्षेत्रका जनताका समस्या बुझ्न जाने गर्नु भएको छ । संसदमा बोल्दानै पिच्छे मकवानपुरका नागरिकका समस्या संसदमा राख्न भ्याउने सांसद बर्तौला संसदको नियम बाहिर बोल्नेहरुलाई माफि समेत मगाउन भ्याउनुहुन्छ ।

सांसदका रुपमा विजयी भएपछी अरु सांसदहरु आफ्ना निर्वाचन क्षेत्रमा फर्किएर पनि आएनन् भन्ने जनगुनासोहरु त्यतीकै आउने गरेको छ । तर, उहाँ विजयी भएपछी त्यस्ता समस्या र गुनासो यहाँका नागरिकले गरेका छैनन् । भुगोलका हिसाबले अत्यन्तै विकट समेत रहेको मकवानपुर क्षेत्र नम्बर २ का प्रत्यक वडामा निर्वाचनमा विजयी भइसकेपछी पनि पुग्नु भएको छ । संसदमा बोल्दा मकवानपुरका नागरिकका समस्या र गुनासो पनि त्यतीकै राख्ने गर्नु भएको छ ।

मकवानपुरका नागरिकको हरेक समस्यामा सांसद बर्तौला संससैगै रहने गरेको मकवानपुरगढी गाउँपालिका वडा नम्बर ५ का विष्णु दंगाल वताउनुहुन्छ । संसदमा बोलेपिच्छे सबैको ध्यान तान्न सफल बर्तौला निर्वाचन क्षेत्रका नागरिकका दैनिकजसोका समस्या लिएर कार्यालय कार्यालयमा पुग्ने गर्नु भएको छ ।

टेलिकमको मोवाइलमा नेटवर्क नटिप्ने समस्या मकवानपुरगढी गाउँपालिका वडा नम्बर–८ ओखरेबोखरी, हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१९ को कुवापानी, शेरशेर, शिरानचोक, मनहरी गाउँपालिकाको माथिल्लो ज्यामिरे, लोथर, कैलाश गाउँपालिकाको गोगने, डाँडाखर्क, ठोस्ने, भर्याङकोट, भीमफेदी गाउँपालिका वडा नम्बर–६ धोर्शिङडाँडाघारी क्षेत्र, भीमफेदीकै इचुङ, इन्द्रसरोवर गाउँपालिकाको शिलिकोट, थाहा नगरपालिकाको वडा नम्बर–१२ टिष्टुङ लगायतका क्षेत्रमा छ । यो समस्या लिएर नेपाल टेलिकको कार्यालयमा उहाँ पुग्नु भएको थियो ।

त्यसको केही दिनपछी उहाँ फेरी बर्तौला मकवानपुरको लोथरमा सेनाद्वारा भत्काईएको सुकुम्बासी बस्ती अनुगमनमा पग्नुभयो । नेकपा एमालेको संसदीय दलको सचेतक समेत रहेका बर्तौला चितवन राष्ट्रिय निकुञ्ज कसरामा बनेको २२ घर टहरामा नेपाली सेनाले डोजर लगाएर भत्काएपछि स्थलगत अनुगमनमा पुग्नुभयो ।

घर टहरा आधा रातमा डोजरले भत्काएको प्रती स्थानीयले सांसद बर्तौलासंग दुखेको पोखेका थिए । २०४९ सालकी वडा अध्यक्ष सरिता बिकका अनुसार उक्त स्थान २०४० सालमा तत्कालीन सांसद रुपचन्द्र बिष्टको पहलमा बाढिपिडित १४ घरधुरीलाई राखिएको हो । सांसद बतौलाले जनताकै अगाडी आरक्षका वाडेनलाई फोन गरेर नागरिकलाई बिचल्लीमा नपार्न आग्रह गर्नुभयो ।

यी दुइ वटा त प्रतिनिधी मुलक काम मात्र हुन् । किसानले मल नपाएको समस्या लिएर मन्त्रालय पुग्ने, संसदमा समेत जनताको कुरा राख्ने काम निरन्तर गर्नुभयो । मकवानपुरको क्षेत्र नम्बर–२ अन्तरगतका क्षेत्रहरु थाहा नगरपालिका, इन्द्रसरोवर गाउँपालिका, भीमफेदी गाउँपालिका, कैलाश गाउँपालिका, मनहरी गाउँपालिका, हेटौंडा उपमहानगरपालिकाका केही वडा, मकवानपुरगढी गाउँपालिकाका केही वडाका समस्या बुझ्न फिल्डमै जाने र सरकार र सदनमा समेत ती बिषयहरुलाई राख्ने गर्नु भएको छ ।

संसदमा पनि बिशेष समय लिएर बोल्ने, समितिमा रहेर कानून निर्माणमा पनि उत्तिकै ध्यान दिएर काम गर्ने र सदनमा आफ्ना कुरा राखेर सरकारलाई ध्यानाकर्षण गराउने गर्नुभएको छ ।

प्रतिनिधिसभाको आइतबारको बैठकमा सांसद बलराम अधिकारी विशेष समयमा आफ्ना धारणा राखिरहेका थिए । सांसद अधिकारीले आफ्ना कुरा राखिरहेका बेला सत्तारुढ कांग्रेसका उपसभापति तथा सांसद पूर्णबहादुर खड्का बैठक हलमा प्रवेश गरेका थिए । सांसद खड्का अर्को सांसद अधिकारी बोलिरहेका बेला अगाडिबाट आफ्नो सिटमा गएर बसेका थिए ।

प्रतिनिधिसभा नियमावलीमा कुनै सांसद बोलिरहेको बेला अगाडिबाट हिँड्न नहुने प्रावधान छ । सभामुख र बोलिरहेको सांसदको बीचबाट हिँड्न नहुने नियमावलीको नियम खड्काबाट उल्लंघन भएको थियो । सांसद अधिकारीले बोलिसकेपछि एमालेका सचेतक महेश बर्तौलाले नियमापत्ति जनाउनुभयो । उहाँले भविष्यमा अरु सांसदहरूलाई पनि काम लाग्ने तर्क गर्दै खड्काको सन्दर्भमा भन्नुभयोे, पटक–पटक हाउसमा एउटा मर्यादाविपरीत काम भइरहेको छ ।

प्रतिनिधिसभा नियमावली, २०७५ को नियम २ को ९६ बमोजिम सभामुखको आसन तथा बोलिरहेको सदस्यको बीचबाट हिँड्न कोही पनि सदस्यलाई अनुमति हुँदैन । पटक–पटक यो सदनको गरिमा र मर्यादालाई धज्जी उडाउँदै यसप्रकारको काम भइरहेको छ । सत्तापक्षको माननीयहरूबाट यस प्रकारको काम भइरहेको छ ।
नियमावलीको उक्त व्यवस्था कडाइका साथ पालना गराउन सचेतक बर्तौलाले सभामुखको ध्यानाकर्षण गराउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*