नवलपरासीको विनयीत्रिवेणीमा एकै ठाउँमा भेटियो नौ वटा बेवारिसे बम

जनपत्र
१३ चैत्र २०७९, सोमबार ०७:४४

पूर्वी नवलपरासीको विनयीत्रिवेणी गाउँपालिका–५ को भेडी गाउँमा बेवारिसे अवस्थामा नौ वटा बम फेला परेका छन् । जङ्गलमा गाईबस्तु चराउन गएका किसानहरूले हिजो दिउँसो बारीमा बम देखेपछि खोतल्दै जाँदा एकै ठाउँमा नौवटा बम फेला परेको हो ।

बारीमा बम देखिएपछि स्थानीय जनप्रतिनिधिले प्रहरीलाई खबर गरेका थिए । जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीका सूचना अधिकारी सन्तोष पाठकले बम फेला परेको जानकारीपछि दुम्कीवासका प्रहरी निरीक्षकको टोली खटिएको जानकारी दिनुभयो ।

ती बम कसले र कहिले राखेको भन्नेबारे यकिन भएको छैन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*