कांग्रेसले करिब टुंग्यायो मन्त्रीका नाम

जनपत्र
१२ चैत्र २०७९, आईतवार १९:४१

काठमाडौं । सत्ताको प्रमुख दल नेपाली कांग्रेसबाट सरकारमा सम्मिलित हुने व्यक्तिहरुमा पाँच जनाको नाम टुंगिसकेको नेताहरुले दाबी गरेका छन् ।

कांग्रेसले आठ मन्त्रालयको दाबी गरे पनि सात मन्त्रालयमा चित्त बुझाउनुपर्नेमा नेताहरु विश्वस्त छन् । सात मन्त्री र एक राज्यमन्त्री हुने आकलन कांग्रेसभित्र छ ।

शीर्ष तहमा भएको छलफल र सभापति शेरबहादुर देउवाले दिएको आश्वासन लगायतले पाँच जनाको नाम टुंगिएजस्तै छ । कांग्रेस नेताहरुका अनुसार उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ मन्त्री बन्ने निश्चित छ ।

प्रवक्ता डा. प्रकाशशरण महत, केन्द्रीय सदस्यद्वय एनपी साउद र सीता गुरुङ मन्त्री हुनेको सूचीमा रहेको कांग्रेस स्रोतको दाबी छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*