लुम्बिनीका मुख्यमन्त्रीले भने : विपक्षी गठबन्धनको मुख्यमन्त्री दाबी संविधान विपरीत

जनपत्र
१२ चैत्र २०७९, आईतवार १९:१५

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले ८ दलीय विपक्षी गठबन्धनले नयाँ सरकार गठनका लागि संविधान र कानुन विपरीत सत्ताकेन्द्रित हतारो गरेको बताएका छन् ।

आइतबार माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि संविधान अनुसार आफूले ३० दिनभित्र विश्वासको मत लिने हक रहेको तर विपक्षी गठबन्धनले संविधान र कानुनलाई बेवास्ता गरेर सत्ताका लागि हाम फालेको टिप्पणी गरे ।

राजीनामा दिएर सरकारलाई दिएको समर्थन फिर्ताको औपचारिक प्रक्रिया नै पूरा नगरी एकाएक आकर्षित नै नहुने संविधानको धारा १६८(२) बमोजिम मुख्यमन्त्री दाबी गरिएको गिरीले बताए ।

लुम्बिनीमा नेपाली कांग्रेस, माओवादी केन्द्रसहितका दलले कांग्रेसका डिल्लीबहादुर चौधरीलाई मुख्यमन्त्री नियुक्ति गर्न प्रदेश प्रमुखसमक्ष निवेदन दिएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*