मकवानपुरगढीमा कागतीको व्यावसायीक खेती गर्दै बीरबहादुर
हेटौंडा । मकवानपुरगढी गाउँपालिका वडा नम्बर–२ मापुङखोलाका कृषक बीर बहादुर स्गाङ्तानले व्यावसायीक रुपमा कागतीखेती गरिरहनु भएको छ । उहाँका बारीमा लगाइएका कागतीका बोटमा लटरम्म कागमती फलिरहेका छन् । यहाँका किसानले व्यावसायीक रुपमा कागती खेती गरेपछी हेटौंडा बजार लगायतका शहरमा कागमतीको बिक्री वितरण हुने गरेको छ । कागतीखेतीबाट मनग्य आमदानी पनि हुन थालेको छ ।
बिगत १० वर्ष देखि कागती खेतीमा लाग्नुभएका कृषक स्याङ्तानको बारीमा अहिले करिब ८ सय वटा कागतीको विरुवा रहेको छ । जसमध्ये ५ सय विरुवाले कागमती उत्पादन दिईरहेको उहाँले जानकारी दिनुभयो । अगामी दिनहरुमा थप क्षेत्रफल विस्तार गर्ने लक्ष्य रहेको उहाँले वताउनुभयो । कागतीको मुख्य बजार हेटौडा रहेको र बजार मूल्य पनि राम्रै रहेकोले आम्दानी ठिकै रहेको समेत उहाँले बताउनुभयो ।
व्यवसायिक कागती खेतीको मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष दोर्जे लामा स्याङ्तानले स्थलगत अवलोकन गर्नु भएको छ । कागती खेतीको वारेमा जानकारी समेत लिनुभएको छ । मकवानपुरगढी गाउँपालिकाको ३ नम्बर वडा र ७ नम्बर वडामा किसानले व्यावसायीक रुपमा कागमतीको खेती गर्दै आएको गढी गाउँपालिकाका कृषि साखाका प्रमुख चन्द्रकान्त चौधरीले वताउनुभयो । यहाँका करिब २५ जना किसानले व्यावसायीक रुपमा कागतीको खेती गर्दै आएको उहाँले वताउनुभयो ।