नदी किनारमा बनेका अनधिकृत संरचना ७ दिनभित्र नहटाए काठमाण्डाै महानगरले भत्काउने

जनपत्र
११ चैत्र २०७९, शनिबार ११:४४

काठमाण्डाै – काठमाण्डौ महानगरपालिकाले नदी किनारमा बनेका अनधिकृत संरचना सात दिनभित्र हटाउन आग्रह गरेको छ । महानगरले आज सूचना निकालेर नदी किनार, नदी उकास तथा नदी बहाव क्षेत्रमा बनेका अनधिकृत संरचना एक एक हप्ताभित्र हटाउन आग्रह गरेकाे हो ।

यसअघि पनि यस्ता सूचना निकालेर अनधिकृत संरचना हटाउन भनिएको महानगरपालिकाले स्मरण गराएको छ ।  एक हप्ताभित्र नदी किनारका अनधिकृत संरचना नहटाए महानगरले ती संरचना भत्काउने र त्यसको खर्च सम्बन्धित व्यक्तिबाट उठाउने सूचनामा उल्लेख छ ।

काठमाण्डौ महानगरभित्रका बागमती, बिष्णुमतीलगायत नदी किनारमा अनधिकृत संरचनाहरू बनेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*