गण्डकी सरकारबाट माओवादी मन्त्रीहरुले दिए राजीनामा

जनपत्र
११ चैत्र २०७९, शनिबार ०६:१६

पोखरा । गण्डकी प्रदेशमा माओवादी केन्द्रले सरकार छाडेको छ ।

शुक्रबार साँझ माओवादी केन्द्रबाट प्रदेश सरकारमा मन्त्री रहेका हरिबहादुर चुमान र रेशमबहादुर जुग्जाली मगरले मुख्यमन्त्री खगराज अधिकारीलाई भेटेर राजीनामा बुझाएका हुन् ।

शुक्रबार दिउँसो माओवादी केन्द्रको संसदीय दलको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिनुका साथै सरकार छाड्ने निर्णय गरेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*