फिफा वरीयतामा नेपालको ३ स्थान सुधार

जनपत्र
११ चैत्र २०७९, शनिबार ०६:१३

काठमाण्डाै – नेपाली महिला फुटबल टोलीको फिफा वरीयतामा ३ स्थान सुधार भएको छ ।

विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) ले आज शुक्रवार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपालले ३ स्थान सुधार गरेको हो । नयाँ वरीयतामा नेपाल १ हजार २ सय ५ अङ्कका साथ १ सयाैँ औँ स्थानमा उक्लिएको छ । यसअघि नेपाल १ सय ३ औँ स्थानमा थियो ।

एसियाली राष्ट्रको वरीयतामा भने नेपाल २० औँ स्थानमा छ । आज सार्वजनिक गरिएको वरीयतामा अमेरिका शीर्ष स्थानमा यथावत् छ भने जर्मनी दोस्रो तथा स्विडेन तेस्रो स्थानमा छ । इङ्ल्यान्ड चौथो, फ्रान्स पाँचौँ, क्यानडा छैटौँ र स्पेन सातौँ स्थानमा छन् । यस्तै नेदरल्यान्ड्स आठ, ब्राजिल नवौँ र अस्ट्रेलिया दशौँ स्थानमा छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*