बाघको आक्रमणबाट एक जना घाइते

जनपत्र
१० चैत्र २०७९, शुक्रबार २०:१६

वीरगञ्ज । पर्सामा बाघको आक्रमणबाट एक जना गम्भीर घाइते भएका छन् ।

पटेर्वासुगौली गाउँपालिका-२ निवासी सुदामा महतो बाघको आक्रमणबाट गम्भिर घाइते भएका हुन् ।

दाउरा लिन जंगलमा गएको समयमा महतोलाई बाघले आक्रमण गरेको स्थानीयले बताएका छन् । महतोको घाँटीमा चोट लागेको प्रहरीले जनाएको छ ।

गम्भिर घाइते महतोलाई श्रीपुर पँचगावास्थित गादीमाई पोलिक्लिनिकमा प्राथमिक उपचारपछि थप उपचारका लागि वीरगञ्जस्थित नारायणी अस्पतालमा रिफर गरिएको छ ।

पटेर्वासुगौली वडा नम्बर २ का अध्यक्ष बिजय गैह्रेले एम्बुलेन्सको व्यवस्था गर्नुको साथै थप उपचारका लागि पैसासमेत दिएर वीरगञ्ज पठाईएको जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*