संस्थाको आठ करोड हिनामिना गरेको आरोपमा लघुवित्तका प्रबन्धक पक्राउ

जनपत्र
१० चैत्र २०७९, शुक्रबार ०८:३९

बैंकिङ कसुरमा नुवाकोटमा एक लघुवित्तका शाखा प्रबन्धक पक्राउ परेका छन्। आठ करोड रुपैयाँ हिनामिना गरेको उजुरीका आधारमा आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाको खरानीटार शाखाका प्रबन्धक विवश पाण्डे पक्राउ परेका हुन्।

पाण्डेले संस्थामा आवद्ध सदस्यहरूको विभिन्न मितिमा किर्ते कागजात खडा गरी संस्थाको नियम विपरीत अनधिकृत रुपमा रकम निकाल्ने, आफू मातहतका कर्मचारीहरुलाई सबै जिम्मेवार म हुन्छु भनि प्रभावमा पारी झुक्याई रकम दुरुपयोग र अपचलन गरेक‍ा कारण पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक खगेन्द्र खड्काले जानकारी दिए।

खड्काका अनुसार पाण्डेले संस्थाको आठ करोड २२ लाख ६५ हजार पाँच सय ९७ रुपैया ४० पैसा हिनामिना गरी बैकिङ कसुर अपराध गरेको विषयमा जाहेरी परेको छ।

उनलाई हिरासतमा राखेर थप अनुसन्धान गर्न उच्च अदालतबाट बैकिङ कसुर मुद्दामा सात दिनको म्याद लिई थप अनुसन्धान भई रहेको नुवाकोट प्रहरीले जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*