स्थानीयसँगै पश्चिमी वायुको प्रभावः आगामी तीन दिनसम्म देशभरको मौसम कस्तो रहला ?

जनपत्र
१० चैत्र २०७९, शुक्रबार ०८:२२

मौसम पूर्वानुमान महाशाखाका अनुसार देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। देशका पहाडी भूभागमा आंशिक बदली रही देशका बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ ।

शुक्रबार देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ। कोशी प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा र देशका बाँकी पहाडी भूभागका एकरदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

शनिबार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत बागमती र कोशी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ। देशका पहाडी भूभागका थोरै स्थानहरूमा तथा लुम्बिनी र सुदुर पश्चिम प्रदेशका तराईका एक वा दुई स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

आइतबार कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशहरूको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ। कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशहरूको पहाडी भूभागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

कोशी प्रदेश, गण्डकी, कर्णाली र सुदूर पश्चिम प्रदेशका थोरै स्थानहरूमा र देशका बाँकी पहाडी भूभागका एकरदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको हुनाले मेघगर्जन र चट्याङ्ग तथा हावाहुरीबाट क्षति हुन नदीन आवश्यक सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*