ललितपुर मेयर कप महिला टी–२० क्रिकेटमा सुदूरपश्चिमकाे विजयी सुरुवात

काठमाण्डाै – ललितपुर मेयर कप महिला टी–२० क्रिकेट प्रतियाेगितामा सुदूरपश्चिमले विजयी सुरुवात गरेकाे छ । प्रतियोगिताको पहिलो खेलमा सुदूरपश्चिमले आयोजक ललितपुर मेयर्स–११ लाई ५० रनकाे फराकिलाे अन्तरले हरायाे ।
सुदूरपश्चिमले दिएकाे १ सय ३८ रनकाे लक्ष्य पछ्याएकाे ललितपुरले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ८६ रनमात्र बनाउन सक्याे । ललितपुरका लागि लक्ष्मी चाैधरीले सर्वाधिक २५ रन बनाइन् । बलिङतर्फ सुदूरपश्चिमकी ऋतु कनाैजियाले २ विकेट लिइन् । ललितपुरका ५ जना खेलाडी रनआउट भए ।
यसअघि कीर्तिपुरकाे त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेकाे सुदूरपश्चिमले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १ सय ३७ रन बनायाे । सुदूरपश्चिमका लागि सम्झना खड्काले नटआउट ५१ रन बनाइन् । बलिङतर्फ ललितपुरकी कृतिका मरासिनीले २ विकेट लिइन् ।
तस्राे संस्करणकाे प्रतियाेगितामा आयाेजक ललितपुर मेयर्स–११ सहित सुदूरपश्चिम, सशस्त्र प्रहरीकाे एपीएफ क्लब, मधेस प्रदेश, कोशी प्रदेश गरी पाँच वटा टिमकाे सहभागिता छ ।