कर्णालीका ९६ प्रतिशत नागरिक दूषित पानी पिउँदै

जनपत्र
९ चैत्र २०७९, बिहीबार १३:१४

सुर्खेत  – कर्णाली प्रदेशका ९६ प्रतिशतभन्दा बढी नागरिक प्रदूषित पानी पिउन बाध्य छन् । प्रदेशका तीन प्रतिशत नागरिक मात्र शुद्ध खानेपानीकाे पहुँचमा रहेको पाइएको छ ।

विसं २०७८ सालको राष्ट्रिय जनगणनाको प्रारम्भिक नतिजाअनुसार कर्णाली प्रदेशको कुल जनसङ्ख्या १६ लाख ९४ हजार आठ सय ८९ जना रहेको छ ।

सरकारी तथ्याङ्कअनुसार प्रायजसाे नागरिक शुद्ध खानेपानीको पहुँचबाहिर रहेका छन् । कर्णाली प्रदेशको भौतिक पूर्वाधार, ऊर्जा तथा जलस्रोत मन्त्रालयअन्तर्गको जलस्रोत महाशाखाका सिनियर डिजिनल इञ्जिनियर गोपाल शर्माका अनुसार कर्णालीमा ८६ प्रतिशत नागरिक आधारभूत खानेपानीको पहुँचमा पुगेको बताउनुभयो । प्रदेशमा अझै छ प्रतिशत जनसङ्ख्या आधारभूत खानेपानीको पहुँचमा छैन ।

शर्माले भन्नुभयो, ‘प्रदेशका धेरै नागरिक खुला पोखरी, खोला, खाल्सा र नदीको दूषित पानी पिउन बाध्य छन् । प्रदेशका ७९ वटै पालिकामा आधारभूतस्तरको खानेपानी सुविधा पुर्याउने लक्ष्य लिएर काम भइरहेको छ।’

शर्माका अनुसार कर्णाली प्रदेश सरकारले चालु आर्थिक वर्ष २०७९/८० मा खानेपानी तथा सरसफाइमा १ अर्ब ४० करोड रुपैयाँ विनियोजन गरेको छ । कर्णालीका १० वटै जिल्लामा ल्याब स्थापना गरी पानी परीक्षण समेत भइरहेको छ । अहिले प्रदेश सरकार तथा पालिकाले खानेपानीका नयाँ आयोजना सञ्चालन गरिरहेको र खानेपानीको समस्या रहेको ठाउँमा आधारभूत सुविधा पुर्याउन काम अघि बढाइएको शर्माले बताउनुभयो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*