तिलोत्तमा गोल्डकप : मनाङ मर्स्याङ्दी र फ्रेण्ड्स क्लब खेल्दै

जनपत्र
९ चैत्र २०७९, बिहीबार १२:२९

रुपन्देही – बुटवलमा भइरहेकाे तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत आज हुने अन्तिम सेमिफाइनलमा मनाङ मर्स्याङ्दी र फ्रेण्ड्स क्लब काठमाण्डौ खेल्दैछन् ।

दिउँसो ३ बजे देविनगरमा रहेको एन्फा टेक्निकल सेन्टरमा हुने खेलको विजेताले शनिवार उपाधिका लागि सुदूरपश्चिम-११ सँग खेल्दैछ । मनाङ नेपाल पुलिस क्लब र फ्रेण्ड्स क्लब सशस्त्र प्रहरीको एपीएफलाई हराउँदै सेमिफाइनलमा पुगेका हुन् ।

बुधवार थ्री स्टारलाई १-० ले हराउँदै सुदूरपश्चिम ११ पहिलो पटक तिलोत्तमा गोल्डकपको फाइनलमा पुगेको हाे । प्रतियोगितामा ८ टिमको सहभागिता रहेको थियाे । उपाधि विजेताले ११ लाख ११ हजार १ सय ११ र उपविजेताले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ नगद प्राप्त गर्नेछन् । विधागत रुपमा उत्कृष्ट खेलाडीलाई पनि पुरस्कृत गरिनेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*