सुनको भाउ आज १ हजार २ सय रुपैयाँले बढ्यो

जनपत्र
९ चैत्र २०७९, बिहीबार ११:५९

काठमाण्डाै – हिजो तोलामा दुई हजार रुपैयाँले घटेको सुनको भाउ आज भने १ हजार २ सय रुपैयाँले बढेको छ ।

आज सुनको भाउ तोलामा १ लाख ९ हजार रुपैयाँ पुगेको छ । यसअघि गएको ५ गते आइतवार सुनको भाउ बढेर अहिलेसम्मकै उच्च १ लाख १० हजार रुपैयाँमा पुगेको थियो ।

आज चाँदीको भाउ पनि बढेको छ । तोलामा २५ रुपैयाँले बढेर चाँदी आज १ हजार ३ सय ६० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*