बागमती प्रदेशका मुख्यमन्त्री अप्ठेरोमाः विश्वासको मत दिन कांग्रेसको सर्त, सरकार छोड्न एमालेको अर्को सर्त

जनपत्र
८ चैत्र २०७९, बुधबार १६:४०

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले राप्रपाले सरकार छोडेको एक महिना पुग्न भन्दा अगाडीनै विश्वासको मत लिएर ढुक्कसंग बस्ने योजना बनाएका थिए । यही चैत १३ गते प्रदेश सरकारबाट राप्रपाले समर्थन फिर्ता लिएको एक महिना पुग्दै छ । तर, त्यस भन्दा अगाडीनै आफ्नो अनुकुलतामा विश्वासको मत लिने तयारी गरेपनि त्यो आज सफल हुन सकेन । प्रदेशका मुख्यमन्त्रीले विश्वासको मत लिने समयमा काठमाण्डौंमा कांग्रेसले अर्को बैठक राखेर मुख्यमन्त्रीले तोकेको समयमा विश्वासको मत नदिनेगरी रणनीति लिएको हो ।

प्रदेशका मुख्यमन्त्रीसंग प्याकेजमा सहमती गरेर मात्र विश्वासको मत दिने नेपाली कांग्रेसका संसदीय दलका नेता बहादुर सिंह लामाको तयारी छ । एमालेसंगको सहमतीमा साढे दुइ वर्ष मात्र मुख्यमन्त्री चलाउने सहमती गरेपछी अब कांग्रेसको सहकार्यमा पनि प्रदेश सरकार बन्दा त्यो सहमती कांगेससंग पनि हुनुपर्ने माग लामाले राखेका छन् । बाहिर भन्दा समय अभाबले भ्याइएन भन्दा पनि बिवना सहमती र सर्तमा सहमती नभए सम्म बिश्वासको मत दिइ नहाल्ने कांग्रेस संसदीय दलका नेताहरु वताउँछन् ।
यता मुख्यमन्त्री जम्मकट्टेलले पनि कुनैपनि सहमती प्रदेशमा नगरीकन कांग्रेसकै दिएको विश्वासको मत प्राप्त गरेमा सरकारको नेतृत्व पाँच वर्ष सम्म पनि गर्न सकिने आकलन गरेपछी आज प्रदेशसभा बैठकनै स्थगित हुन पुग्यो ।

यता नेकपा एमालेले पनि माओबादी नेतृत्वको सरकार छोड्दा प्रदेशसभा बैठकमा संबोधन गरेर मात्र सरकार छोड्ने अर्को सर्त राखेको छ । राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनका लागि केन्द्रमा बनेको राजनीतिक समीकरणका आधारमा बागमती प्रदेश सरकारमा हेरफेरको तयारी भइरहँदा सत्तामै रहेको एमालेले राजीनामाका लागि शर्त अघि सारेको हो । बागमती प्रदेशसभा एमाले संसदीय दलका नेता जगन्नाथ थपलियाले आफूहरु प्रदेश सरकारबाट हट्न तयार रहेको तर प्रदेशसभा बैठकमा आफ्ना धारणा राखेरमात्र राजीनामा दिने प्रस्ट पारे ।

‘हामी सरकारमै बसिरहने भन्ने होइन,’ उनले भने, ‘हामी राजीनामा दिन तयार छौं तर प्रदेशसभा बैठकमा आफ्नो कुरा राखेर राजीनामा दिन्छौं ।’ नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीले भने मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई सरकारबाट एमाले हटेपछिमात्र विश्वासको मत लगायतका प्रक्रिया अघि बढाउन दबाब दिएका छन् । एमालेले भने प्रदेशसभा बैठकमा आफ्नो कुरा राख्न पाउनुपर्ने, त्यसपछि मात्र सरकारबाट आफू बाहिरिने शर्त राखेको हो । थपलियाले भने, ‘प्रदेशसभा बैठक जहिले बोलाउँछन्, त्यही बेला हामी आफ्ना कुरा राखेर राजीनामा दिन्छौं । प्रदेशसभा बैठक आजै बसेमा आजै राजीनामा दिन तयार छौं ।’

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*