लामो समयको खडेरीपछी पानी परेकाले मकवानपुरका किसान खुसी

जनपत्र
७ चैत्र २०७९, मंगलवार ०७:५९

हेटौंडा । विगत १२ घण्टामा देशभरजसो वर्षा भएको छ भने मकवानपुर सहित देशका विभिन्न स्थानमा पानी परेकाले किसान खुसी छन्। मकवानपुर जिल्लामा वर्षा भएपछी खेती गर्ने किसानहरु भने खुसी भएका छन् । पानी नपर्दा खेत, बारीमा लगाएको अन्नपात र तरकारी त्यसै सुकेर जाने सम्मको समस्या बेहोर्दै आएका यहाँका किसानहरु अहिले भने खुसी भएका हुन् ।

अब यहाँका किसानले पानी नपरेकै कारण बाझो रहेको बारीमा पनि मकै लगायतका अन्न बाली राप्ने तयारी गरेका छन् । मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् गंगा नगरकोटीका अनुसार देशका कतिपय स्थानमा झरीजस्तै निरन्तर पानी परेको छ। अहिले कतिपय स्थानमा वर्षा रोकिएको छ भने सुदूरपश्चिम प्रदेशका केही स्थान तथा देशका बाँकी प्रदेशका एकरदुई स्थानमा भने पानी परिरहेको छ। ‘विगत १२ घण्टामा देशका सबै प्रदेशका केही स्थानमा वर्षा भएको छ’, मौसमविद् नगरकोटीले भनिन्, ‘अहिले अलि ठूलै प्रणाली ९पानी पर्ने० भित्रिएको छ, पूरै नेपाल कभर गरेको छ।’

मौसम पूर्वानुमान महाशाखका अनुसार आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली ९पूरै आकाशमा बादल० रहने छ। सुदूरपश्चिम र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भेगका केही स्थानमा तथा बाँकी भूभागका थोरै स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरी, असिनासहित क्षणिक, हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

काठमाडौँ उपत्यकामा भने अहिले वर्षा रोकिएको छ। दिउँसो पुनः हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना रहेको मौसमविद् नगरकोटीले बताइन्। ‘दिउँसो मेघगर्जनरचट्याङसहित वर्षा हुने देखिएको छ’, उनले भनिन्, ‘हावाहुरीको पनि सम्भावना छ।’ काठमाडौँमा त्रिुभवन विमानस्थलस्थित मौसम महाशाखाको स्टेसनमा विगत २० घण्टामा ९ दशमलब २ मिलिमिटर वर्षा भएको देखाएको मौसमविद् नगरकोटीले जानकारी दिइन्।

यसैबीच आज बिहान ६स्४५ बजेको मापनअनुसार काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १०।८ डिग्री सेल्सियस देखिएको मौसमविद् नगरकोटीले जानकारी दिइन्। आधिकारिक न्यूनतम तापक्रम भने अहिले बिहान ८स्४५ बजे सार्वजनिक गरिने उनले बताइन्।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*