सुनको भाउ केही घट्यो

जनपत्र
६ चैत्र २०७९, सोमबार १२:०६

काठमाण्डाै – भाउ बढेर अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको सुनको भाउ आज भने केही घटेको छ ।

सुनको भाउ आज तोलामा ७ सय रुपैयाँले घटेर एक लाख ९ हजार ३ सय रुपैयाँमा झरेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो एकैदिन तोलाको २ हजार ९ सय रुपैयाँले बढेर सुनको भाउ एक लाख १० हजार रुपैयाँमा पुगेको थियो ।

यस्तै, आज चाँदीको पनि भाउ घटेको छ । चाँदी आज  तोलामा १५ रुपैयाँले घटेर एक हजार तीन सय ३० रुपैयाँमा कारोबार भइरहेको छ ।

हिजो चाँदीको भाउ तोलामा ३५ रुपैयाँले बढेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*