आयोगले उपराष्ट्रपति निर्वाचनको प्रतिवेदन राष्ट्रपति पौडेललाई बुझायो
काठमाडौं । निर्वाचन आयोग नेपालले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष चैत ३ गते सम्पन्न उपराष्ट्रपति निर्वाचनको प्रतिवेदन बुझाएको छ ।
राष्ट्रपति भवन शितल निवासमा एक समारोहका बीच आयोगका प्रमुख आयुक्त दिनेश थपलियाले राष्ट्रपति पौडेललाई प्रतिवेदन बुझाएका हुन् ।
सो क्रममा राष्ट्रपति पौडेलले स्थानीय तहदेखि राष्ट्रपति/उपराष्ट्रपतिको निर्वाचन सम्पन्न हुँदा लोकतान्त्रिक अभ्यास परिपक्क बन्दै गएको बताएका छन् ।
उनले सबै निर्वाचन निर्वाध, निष्पक्ष र शान्तिपूर्णरुपमा सम्पन्न गरेकोमा आयोग र सरोकारवाला निकाय सबैलाई धन्यवाद समेत व्यक्त गरेका छन् ।