जनकपुरमा नेपाली जनता दलका अध्यक्षमाथि छुरा प्रहार

जनपत्र
१५ श्रावण २०७६, बुधबार ०६:०३

जनकपुरधाम उपमहानगरपालिका–१ वकिल टोलमा एक युवकमाथि छुरा प्रहार भएको छ । मोटरसाइकलमा आएका अज्ञात व्यक्तिहरुले नेपाली जनता दलका जिल्ला अध्यक्ष २५ वर्षीय मुन्जय राउतमाथि छुरा हानेका हुन्।  बजारबाट घर जाँदै गरेका राउतमाथि मोटरसाइकलमा रहेका दुई युवकले छुरा प्रहार गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।  छुरा प्रहारबाट अचेत भएका राउतलाई प्रहरीले उद्धार गरी उचारका लागि जनकपुरस्थित काव्य अस्पताल लगिएको छ । उनको पिठ्यूमा करिब डेढ इन्च गहिरो घाउ देखिएको छ । राउतलाई यसअघि फोनमार्फत धम्की आएको थियो । घटनाबारे अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक उमाशंकर प्रसाद साहले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*