हेटौंडा र मनहरीका क्याम्पसहरुमा स्ववियुको मतदान हुँदै, नेतृत्व चुन्दै विद्यार्थी

जनपत्र
५ चैत्र २०७९, आईतवार ०८:०४

हेटौंडा । हेटौंडा उपमहानगरपालिका क्षेत्र र मनहरीको क्याम्पसहरुमा आ बिहान देखि स्वतन्त्र विद्यार्थी युनियनको चुनाव हुँदै छ । चुनावी कार्यतालिका अनुसार आज बिहान ८ बजेबाट मतदान भइरहेको छ । चुनावमा दुइ पक्षका बिचमा कडा प्रतिस्पर्धा हुने देखिएको छ ।

आजको चुनावबाट मकवानपुरका क्याम्पसहरुमा स्वतन्त्र विद्यार्थी युनीयनले नयाँ नेतृत्व प्राप्त गर्नेछन् । यहाँका बिभीन्न क्याम्पसमा दुइ वटा प्यानलनै बनाएर चुनाबै मैदानमा प्रतिस्पर्धामा बिद्यार्थीहरु लागिपरेका छन् । मतदानका लागि कडा सुरक्षा व्यावस्था गरिएको छ । क्याम्पसमा अध्ययनरत बिद्यार्थीले मतदान गर्ने क्याम्पसहरुमा दलका नेताहरुलाई पनि यो चुनाव यत्तिकै लागेको छ ।

त्रिभुवन विश्वविद्यालय अन्तर्गत सम्बन्धन प्राप्त यहाँका ७ वटा क्याम्पसमा स्ववियु निर्वाचन हुँदैछ। सबै भन्दा धेरै बिद्यार्थी रहेको मकवानपुर बुहुमुखी क्याम्पसमा चुनावी प्रतिस्पर्धा कडा हुने बुझिएको छ । बिहान ८ बजेबाट हेटौंडामा रहेको मकवानपुर बहुमुखी क्याम्पस, वन विज्ञान अध्ययन संस्थान, हेटौंडा क्याम्पस, वंशगोपाल क्याम्पस, हटिया जनप्रिय क्याम्पस, बस्तिपुरमा रहेको निर्मल बहुमुखी क्याम्पसमा र मनहरी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन भइरहेको छ। पालुङ बहुमुखी क्याम्पसमा भने निर्विरोध निर्वाचित भइसकेका छन्।

नेपाल विद्यार्थी संघ, माओवादी निकट अखिल क्रान्तिकारीको संयुक्त गठबन्धन सहित चुनाव तालमेल गरेका छन् भने एमाले निकट अनेरास्ववियु, विप्लव निकट क्रान्तिकारी र नेकपा एस निकट अनेरास्ववियु विच ७ वटै क्याम्पसमा तालमेल रहेको छ।

त्रिभुवन विश्वविद्यालयले आचारसंहिता पालना गरी स्ववियु चुनाव गर्नरगराउन सम्बन्धित पक्षलाई अपिल गरेको छ । गएको फागुन १९ गतेदेखि चुनावी प्रक्रिया सुरु भएको हो । त्रिविले मिश्रित निर्वाचन प्रणाली अपनाएको छ ।

२०७३ मा पहिलो पटक मिश्रित निर्वाचन प्रणाली र २८ वर्षे उमेर हदबन्दी लगाएर चुनाव भएको थियो । तर त्यसबेला धेरै क्याम्पसमा चुनाव नै हुन सकेन । अध्यक्ष, सचिव र कोषाध्यक्ष तथा ५० प्रतिशत सदस्य प्रत्यक्ष निर्वाचन प्रणाली र उपाध्यक्ष, सहसचिव र ५० प्रतिशत सदस्य समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित हुनेछन् । स्ववियु कार्यसमितिको पदावधि दुई वर्षको हुनेछ । पानीका बोतल, पेट्रोल, डिजेल, जाँडरक्सी, औषधिजन्य वस्तु, सिसाका बोतल, रङ, मसी मतदानस्थलमा लैजान निषेध गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*