सत्य निरुपण विधेयक आज संसदमा पेश हुँदै, पहिले समितिमा छलफल गर्न एमालेको माग

शनिबार बसेको सत्ता साझेदार १० वटा दलले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन–२०७१ लाई संशोधन गर्न बनेको विधेयक–२०७९ भोलि संसदमा पेस गर्ने निर्णय गरेको हो ।
जनपत्र
५ चैत्र २०७९, आईतवार ०७:४५

बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन–२०७१ लाई संशोधन गर्न बनेको विधेयक–२०७९ आज आइतबार प्रतिनिधिसभामा पेश हुँदैछ। दिउँसो १ बजे बस्ने बैठकमा सरकारले विधेयक पेश गर्ने तयारी छ ।

शनिबार बसेको सत्ता साझेदार १० वटा दलले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन–२०७१ लाई संशोधन गर्न बनेको विधेयक–२०७९ भोलि संसदमा पेस गर्ने निर्णय गरेको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी पार्टी, जनता समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी लगायतका १० वटा दलका शीर्ष नेताहरुको बैठकले विधेयक पेस गर्ने निर्णय गरेका हुन् ।

नेकपा एमाले र राप्रपाले संसदीय समितिमा छलफल गराएर मात्रै विधेयकलाई संसदमा पेश गर्न माग गरेपनि सत्ता गठबन्धनले भने तत्कालै पेस गर्ने निर्णय गरेको हो ।

नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले सत्य निरुपण तथा मेलमिलाप आयोग सम्बन्धी विधेयक संसदीय समितिमा पठाएर छलफल गर्नुपर्ने बताएका छन् ।

प्रमुख सचेतक गिरीले संसदमा पेस भइसकेपछि संसदमा विभिन्न ढंगले विधेयकमा छलफल हुने र संशोधन हुने बताए । उनले यसलाई टुंगोमा पु¥याउन भने संसदीय समितिमा नै छलफल गर्नुपर्ने आवश्यक्ता औंल्याए ।

विधेयकमा अन्तर्राष्ट्रिय समुदायले नियालिरहेको भन्दै उनले संसदबाट हतारका साथ पारित गरेर जानु नहुने बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*