हेटौंडामा दलका नेताहरुका बिरुद्धमा उर्लिए दुर्गा प्रसाई
हेटौंडा । मुलुकका ठुला राजनीतिक दलहरुका नेताहरुका बिरुद्धमा हेटौंडामा आयोजित कार्यक्रममा दुर्गा प्रसाई खरो रुपमा उत्रिएका छन् । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महा अधियान लिएर निस्किएका दुर्गा प्रसाईले आज हेटौंडामा आइपुगेर ठुला दलका नेताहरुकै कारण मुलुकमा अहिलेको आर्थिक संकट आइपरेको वताउनुभयो । नेताहरुले बिदेशमा लगेको पैसा जब सम्म बिदेशमा लगेको पैसा नेपाल ल्याइदैन तब सम्म समस्याको समाधान नहुने वताउनुभयो ।
२५ जना व्यापारी र दश जना नेताहरु मिलेर सिंगापुर र दुबइमा लगेर पैसा राख्ने गरेको प्रसाईले वताउनुभयो । अब मुलुकमा आउँदो चैत महिना देखि कर्मचारीलाई तलब खुवाउन पनि समस्या हुने वताउनुभयो । प्रचण्डले आफुलाई प्रयोग गरेको वताउनुभयो । २० वर्ष सम्म आफुलाई प्रयोग गरेर गोला, वारुद बोकाउने अहिले सते कुरा बोल्दा आफुलाई थुन्ने धम्की आएको उहाँले वताउनुभयो । आफुलाई राष्ट्रघाती भनेकोमा उहाँको आपत्ति थियो ।