प्रधानमन्त्रीको सिंगापुर भ्रमण : उपचारसँगै आराम

जनपत्र
१५ श्रावण २०७६, बुधबार ०५:५६

शनिबार बाँसबारीस्थित गंगालाल अस्पतालमा बनेको ओपीडी भवन उद्घाटन गर्न पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो बुद्धि बंगारा खुस्किएको सुनाउँदै भनेका थिए, म अस्थायी बिरामी हो, नक्कलीचाहिँ होइन ।’

त्यसको दुई दिनपछि नै प्रधानमन्त्री ओली स्वास्थ्य उपचारका लागि सिंगापुर जाने खबर आयो । यो खबरले प्रधानमन्त्री अस्थायी नभई गम्भीर बिरामी त परेका होइनन् भन्ने चासो धेरैलाई बढाएको छ ।

प्रधानमन्त्रीका निजी चिकित्सक दिव्या सिंहका अनुसार पछिल्लो दुई वर्षयता विज्ञ डाक्टरहरुले प्रधानमन्त्री ओलीको ‘रिपोर्ट कार्ड’ हेरेका छैनन् । गत वर्ष दशैंको टीका लगाइदिने क्रममा संक्रमण भएपछि प्रधानमन्त्री ओली १२ कात्तिकमा मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएर पाँच दिन बसे ।

त्यसयता बेलाबेला फलोअपका लागि अस्पताल पुग्ने गरेका प्रधानमन्त्रीलाई निजी चिकित्सक दिव्या सिंहले नियमित चेकजाँच गर्दै आएकी छिन् । अलि जटिल समस्या देखिँदा डा. सन्तकुमार दास पनि बालुवाटार पुग्ने गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*