काठमाण्डौ उपत्यकासहित देशका पहाडी क्षेत्रमा पर्सिसम्मै पानी पर्ने सम्भावना

जनपत्र
४ चैत्र २०७९, शनिबार ०८:०५

काठमाण्डौ उपत्यकासहित देशका पहाडी क्षेत्रमा आज पनि पानी पर्ने सम्भावना छ । अहिले पनि पहाडी एकरदुई ठाउँमा हल्का वर्षा भइरहेको छ।

आज दिउँसो पहाडी केही क्षेत्र तथा तराईका थोरै ठाउँमा मेघगर्जनरचट्याङरहावाहुरीसहित क्षणिक तथा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान् महाशाखाले जनाएको छ।

आज राति कोशी प्रदेश, मधेस प्रदेश र बाग्मती प्रदेशका केही ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसमविद् प्रतिभा मानन्धरले बताउनुभयो । उहाँका अनुसार भोलि र पर्सि पनि मौसम यस्तै रहने छ । पर्सि सोमवार मधेस प्रदेश र लुम्बिनी प्रदेशमा भारी वर्षाको सम्भावना देखिएको छ।

यो हप्ताको सुरुवातमा भएको हिउँदे वर्षाले किसानलाई केही राहत मिलेको छ । वर्षाले मकै छर्ने तयारीमा रहेका किसानलाई राहत मिलेको हो। किसानले लगाएका मौसमी तथा बेमौसमी तरकारी, फलफूल र अन्य बालीलाई पनि राहत मिलेको छ।

यो हप्ता वर्षा मापन भएका केन्द्रहरुमध्ये सबैभन्दा बढी सुदूरपश्चिम प्रदेशको बाजुरा जिल्लामा रहेको मार्तडी केन्द्रमा ४९ दशमलव ४ मिलिमिटर वर्षा मापन भएको छ । तराईका धेरैजसो ठाउँमा तापक्रम ३० डिग्रीभन्दा माथि पुगेको छ ।

नवलपरासी ९बर्दघाट सुस्ता पूर्व० दुम्कौली केन्द्रमा सबैभन्दा बढी ३४ दशमलव ६ डिग्री सेल्सियस अधिकतम तापक्रम मापन गरिएको छ । मुस्ताङको जोमसोम केन्द्रमा सबैभन्दा कम माइनस २ दशमलव एक डिग्री सेल्सियस न्यूनतम तापक्रम मापन भएको छ ।

यो हप्ता पश्चिमी वायुको सामान्य प्रभाव रहने अनुमान छ । अहिले स्थानीय वायुसँगै पश्चिमी वायुको पनि सामान्य प्रभाव रहेको छ । हिमाली क्षेत्रमा मौसम आंशिकदेखि सामान्य बदली रही केही ठाउँमा यो हप्ता हल्कादेखि मध्यम हिमपातको पनि सम्भावना छ ।

प्रि–मनसुन भएकाले मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान् महाशाखाले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*