बागमती सरकारले तामाङ र नेवारी भाषालाई कामकाजको भाषा बनाउन ऐन निर्माण गर्ने

जनपत्र
३ चैत्र २०७९, शुक्रबार २०:०४

हेटौंडा / बागमती सरकारले प्रदेशभित्र तामाङ र नेवारी (नेपाल भाषा) लाई सरकारी कामकाजको भाषा बनाउन ऐन निर्माण गर्ने भएको छ। मुख्यमन्त्री शालिकराम जम्मकट्टेलको उपस्थितिमा शुक्रबार काठमाडौंमा बसेको तामाङ र नेवारी कार्यान्वयन तयारीसम्बन्धी समितिको बैठकले उक्त निर्णय गरेको हो।

अब छिट्टै ऐन निर्माण गरेर कार्यान्वयनमा लगिने मुख्यमन्त्री जम्मकट्टेलले बताए। ‘बहुसंख्यक तामाङ र नेवार समुदायको बसोबास रहेको बागमती प्रदेशमा आम नागरिकलाई सरकारी कामकाजमा थप सहजता होस् भनेर भाषासम्बन्धी ऐन ल्याउन लागेका हौं’, उनले भने।

एक महिनाभित्र ऐन निर्माण गरेर आउँदो नयाँ वर्ष (वैशाख) भित्र संसदमा पेश गरिने समितिका अध्यक्ष तथा सामाजिक विकासमन्त्री कुमारी मोक्तानले बताइन्। एक महिनाअघि सामाजिक विकासमन्त्री मोक्तानको अध्यक्षतामा उक्त गठन भएको थियो।

समितिमा श्रम‚ रोजगार तथा यातायातमन्त्री एकलाल श्रेष्ठसँगै २ विज्ञ सदस्य डा गणेश योन्जन र ओमकार्यश्वर श्रेष्ठ सदस्य छन्। बागमती प्रदेशमा तामाङ र नेवार समुदायको बाहुल्यता रहेको छ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*