नेपाल तामाङ घेदुङको संघीय बिभाग प्रमुखमा मकवानपुरका मोक्तान

हेटौंडा । नेपाल तामाङ घेदुङको संघीय बिभाग प्रमुखमा मकवानपुरका सुनिल मोक्तान चयन हुनु भएको छ । घेदुङको केन्द्रीय कमिटीको बैठकले उहाँलाई सचिवालय सदस्य तथा बिभागिय प्रमुखका रुपमा चयन गरेको हो ।
हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१५ का वडा अध्यक्ष समेत रहनु भएका मोक्तान ३१ वर्ष देखि यसमा आवद्ध हुनुहुन्छ । घेदुङको जिल्ला हुँदै केन्द्रमा पुग्नु भएको हो । लामो समय देखि तामाङ समुदायको आर्थिक, सामाजिक, राजनीतिक अधिकार स्थापनाका लागि संघर्षरत हुनुहुन्छ ।