बारामा स्कुल बसको ठक्करबाट तीन वर्षीय एक बालकको ज्यान गयो

जनपत्र
३ चैत्र २०७९, शुक्रबार ११:५७

बारा – बाराको कलैयामा  बिहान स्कुल बसको ठक्करबाट एक बालकको ज्यान गएको छ ।

वीरगञ्जमा रहेको गुरुकूल एकेडमीको ना २ ख ४२१० नम्बरको बसको ठक्करबाट बिहान कलैया उपमहानगरपालिका–१ मोतीबागका विनोद साह सोनारका छोरा तीन वर्षीय छोरा कार्तिकको ज्यान गएको प्रहरी नायब उपरीक्षक पुरुषोत्तम पाण्डेले जानकारी दिनुभयो ।

बस चालकलाई प्रहरीले पक्राउ गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*