हेटौंडामा दिनहुँजसो किन भइरहन्छ अघोषित लोडसेडिङ ?

हेटौंडा । हेटौंडा उपमहानगरपालिका क्षेत्रमा हिजो आज बिजुली जाने समस्याले उपभोक्ताहरु हैरान भएका छन् । नेपाल बिद्युत प्राधिकरण हेटौंडा वितरण केन्द्रले लोडसेडिङ गरेको भने होइन । तर, पनि हिजो आज विद्युत गइरहने समस्या भइरहेको उपभोक्ताहरु वताउँछन् ।
बिजुली जाने समस्या बिशेषगरी बिहान र बेलुकाको समय हो । हेटौंडाको चौकिटोल क्षेत्र, बजार क्षेत्र, नगरपालिका रोड लगायतका क्षेत्रमा बिहान बेलुका झ्याप्प, झ्याप्प बिजुली जाने समस्या भइरहेको छ । मकवानपुरका अरु नौ वटा स्थानीय तहमा पनि उत्तिकै समस्या छ । बिजुली गइरहने समस्या पछील्ला दिनहरुमा बढेको उपभोक्ताहरुको गुनासो छ ।
नेपाल विद्युत प्राधिकरण हेटौंडा वितरण केन्द्रका प्रमुख नरेन्द्रविर श्रेष्ठले भने हिजो आज गर्मियाम सुरु भएसंगै विद्युतको खपत पनि बढेकाले लोड लिन नसकेर लाइन गएको वताउनुभयो । अघोषित रुपमा लोडसेडिङ नगरिएको र लोड लिन नसकेर फ्युज जाने समस्या रहेको वताउनुभयो । गर्मि बढेकाले बढी विद्युत खपत हुने र लोड लिने हुँदा यो समस्या बढेको र तत्काल फ्युज जोडनका लागि पनि प्राबिधिकहरु अन्यत्र फिल्डमा भएकाले समस्या भएको वताउनुभयो ।