आज तोलामा एक हजारले बढ्यो सुनको मूल्य

जनपत्र
२ चैत्र २०७९, बिहीबार १३:४३

बिहीबार सुनको मूल्य प्रतितोला एक हजारले बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला एक लाख पाँच हजार सात सय रूपैयाँमा कारोबार भएको छापावाला सुन बिहीबार एक लाख ६ हजार सात सय रूपैयाँमा कारोबार भइरहेको हो।

महासंघका अनुसार आज चाँदीको मूल्य पनि प्रतितोला पाँच रूपैयाँले बढेको छ। बुधबार प्रतितोला एक हजार तीन सय रूपैयाँमा कारोबार भएको चाँदी आज एक हजार तीन सय पाँच रूपैयाँमा कारोबार भइरहेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*