नेपालले तेस्रो बलमै पहिलो विकेट गुमायो, आशिफ शेख खाता नखोली आउट
काठमाण्डाै – आईसीसी विश्व कप क्रिकेट लिग–२ को त्रिदेशीय एक दिवसीय शृङ्खलामा यूएईसँगको खेल जित्न तीन सय ११ रनको विशाल लक्ष्य पछ्याएको नेपालले खराब सुरुवात गरेको छ ।
तेस्रो बलमै ओपनर आशिफ शेख रनको खाता पनि नखोली आउट भएका छन् ।
यूएईका आयान अफजल खानको बलमा आशिफ स्टम्प भएका हुन् ।