जंगलबाट जिबनस्तर उकास्न सकिन्छ–सांसद पाठक

जनपत्र
२ चैत्र २०७९, बिहीबार ११:२२

हेटौंडा । बागमती प्रदेशसभाका सदस्य तथा सामुदायिक वन उपभोक्ता महासंघका अध्यक्ष भारती पाठकले वन जंगलबाट जिवनस्तर उकास्न पनि सहज हुने वताउनु भएको छ । हेटौंडा उपमहनगरपालिका वडा नम्बर–१ मा रहेको भैरबडाँडा सामुदायिक वन उपभोक्ता समितिको १४ औ वार्षिक साधरण सभाको आज उद्घाटन् गर्दै उहाँले यस्तो कुरा वताउनुभयो ।

उहाँले भन्नुभयो–‘बनजङ्गल काठ, रुख मात्र होईन जल ,जमिन जडिबुटी ,पनि हो जसबाट आम्दानीको लाभ उठाउन सकिन्छ र जिबनस्तर उकास्न मद्दत गर्द्छ । बन ब्यबस्थापन कसरी गर्ने चिया गफ अर्थात अनौपचारिक कुरकानी गर्नु पर्ने हुन्छ । चिन्ता हुनु आवश्यक रहन्छ चिन्ताबाट चिन्तन हुन्छ र योजना बन्छ ।’

यस क्षेत्रलाई पर्यटकिय स्थल बनाउनु पर्ने वताउनुभयो । यस सामुदायिक बनको माटोमा केको खेती लगाउन सकिन्छ स्थानीय बासिन्दा, स्थानीय सरकारको पहलमा विशेष योजना बनाउन अवस्यक रहेको वताउनुभयो ।

सामुदायिक वनका अध्यक्ष उत्तम पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा–१ का वडा अध्यक्ष सविन न्यौपाने, राप्ती सब डिभिजनका अधिकृत बच्चुराम सुबेदि, हेटौंडा उपमहानगरपालिकाको कार्यपालिका सदस्य ईश्वरी रसाइली, फेकोफन मकवानपुरका आरती पाठक, समाजसेवी शिद्धिलाल श्रेष्ठ, छिमेकी सामुदायिक वनका अध्यक्ष शालिकराम पुडासैनी लगायतकाको आतिथ्यता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*