प्रदेश युवा परिषद् हेटौंडाद्वारा पाँच सय जनालाई रोजगारी दिनेगरी तालिम दिदै

हेटौंडा । बागमती प्रदेश युवा परिषद् हेटौंडाद्वारा पाँच सय जनालाई रोजगारी दिनेगरी तालिम दिदै छ । प्रदेशको काठमाण्डौं उपत्यका भन्दा बाहेकका दश जिल्लामा रहेका युवाहरुलाई रोजगारी दिनेगरी तालिम सुरु गरिएको हो ।
तालिमका लागि तालिम भन्दा पनि रोजगारी दिनेगरी तालिमका कार्यक्रमहरु भइरहेको प्रदेश युवा परिषद् हेटौंडाका कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईंले वताउनुभयो ।
जिल्ला जिल्लामा ३९० घण्टाको तालिम दिएर सिप सिकाउँदै रोजगारी तर्फ युवाहरुलाई लैजान लागिएको हो । प्रदेशको सामाजिक विकास मन्त्रालय अन्तरगतको यस परिषद्ले जिल्ला युवा समिति मार्फत तालिम दिएर रोजगारीको सृजना गर्न लागेको चौलागाईंले वताउनुभयो ।
परिषद्ले चितवन जिल्लामा ३९० घण्टाको ब्युटिसियन र इन्डस्ट्रियल इलेक्ट्रिसियन तालिम भइरहेको छ । धादिङ जिल्लामा मोवाइल मर्मत र टेलरिङ सम्वन्धी ३९० घण्टाको तालिम भइरहेको छ । यसैगरी नेवाकोट जिल्लामा मन्टेस्वरी र टेलरिङ सम्वन्धी तालिम, काभ्रेमा होमस्टे सम्वन्धी तालिम, सिंधुलीमा ब्युटिसियन तालिम, मकवानपुर जिल्लामा इन्डस्ट्रियल इलेक्ट्रिसियन र मन्टेस्वरी सम्वन्धी तालिम, रसुवा जिल्लामा मोवाइल मर्मत र मन्टेस्वरी सम्वन्धी तालिम, सिन्धुपाल्चोक जिल्लामा होमस्टे सम्वन्धी तालिम, दोलखा जिल्लामा र रामेछाप जिल्लामा होमस्टे स्म्वन्धी तालिम दिन भइरहेको उहाँले वताउनुभयो ।
पाँच सय जनाले तालिम लिइसकेपछी २५० जना पूर्ण रोजगार गराउने र अरु २५० जनालाई तालिमपछीको रोजगारीका लागि सिप परिक्षण समेत गराएर तालिम अनुसारको काम गर्नका लागि सम्पूर्ण सामाग्री परिषद्ले उपलब्ध गराएर रोजगारीको सृजना गर्न लागिएको हो । हरेक व्यक्तिलाई ५० हजार मुल्य बराबरको सामाग्रि हस्तान्तरण गरेर काम गर्नका लागि प्रोत्साहित गरिने प्रदेश युवा परिषद्का कार्यकारी उपाध्यक्ष चौलागाईंले वताउनुभयो ।