हेटौंडा उपमहानगरपालिका वडा नम्बर–६ पुर्ण खोप र सस्थागत सुत्केरी सुनिश्चितता वडा घोषणा
हेटौंडा– हेटौंडा उपमहानगरपालिका–६ पुर्ण खोप र पुर्ण सस्थागत सुत्केरी सुनिश्चितता वडा घोषणा भएको छ । संघिय सरकारले थालेको पुर्ण खोप सुनिश्चितता गर्ने अभियान अन्तरगत उपमहानगरको पहिलो वडाको रुपमा हेटौंडा–६ ले पुर्ण खोप र पुर्ण सस्थागत सुत्केरी सुनिश्चितता वडा घोषणा गरेको हो ।
बुधबार हेटौंडा उपमहानगरपालिकाका प्रमुख मीनाकुमारी लामाले वडालाई पुर्ण खोप र पुर्ण सस्थागत सुत्केरी सुनिश्चितता वडा घोषणा गरेकी हुन् । नगरप्रमुख लामाले ‘१८ देखी २३ महिनाका वालवालिकाले २ बर्ष उमेर भित्र पुर्ण खोप पाएको तथा वडाका सबै गर्भवतिहरु स्वास्थ्य सस्थामा पुगेर सुत्केरी भएको शुनिश्चित गरिएको हुँदा’ यसलाई भविष्यमा पनि कायम राख्ने प्रतिबद्धता पत्रमा हस्ताक्षण गरेकी थिइन् ।
अभियानको उद्घाटन गर्दै नगर प्रमुख लामाले स्वास्थ्य सेवाको स्तर बृद्धिका लागि उपमहानग लागिरहेको बताइन् । उनले स्वास्थ्यमा सुधारसँगै नगरलाई वालमैत्री घोषणका लागि सबैको सहयोग आवश्यक भएको बताइन् । उनले नगरवासीलाई स्वास्थ्य सुबिधा बाट बञ्चीत गराउँनु हुँदैन भन्ने उद्देश्यले उपमहानरले अहिले सम्म १ हजार ४५२ जनाको निःशुल्क स्वास्थ्य बिमा गरेको जानकारी दिइन् । उनले भनिन् ‘हामि जिम्मेवारी पुर्ण ढंगबाट काम गरीरहेका छौं, यसमा नगरवासीको पनि सहयोग आवश्यक छ ।’
घोषणा प्रकृया पुरा गर्नका लागि प्रदेश सरकार स्वास्थ्य मन्त्रालय मार्फत वडाको सर्वेक्षण गरी तथ्याङकको प्रमाणिकरण निर्देशिका बमोजिम पुरा गरेको स्वास्थ्य चौकीका प्रमुख टिएन ढुङगेलले बताए । घोषणाका लागि स्वास्थ्य चौकीले वडामा रहेका ८८ बालिबालिका लाई पुर्ण खोप दिएको, १०२ जना गर्भवतीले स्वास्थ्य सस्थामा आएर सुत्केरी भएको जानकारी कार्यक्रममा दिइएको थियो ।
घोषणासँगै वडामा टोल टोलमा पुगेर स्वास्थ्य परिक्षण गर्ने अभियानको पनि सुरुवात भएको छ । वडामा रहेको २३ वटा टोल बिकास सस्थाको घर घरमा पुगेर स्वास्थ्य अवस्थाको बारे जानकारी लिने अभियानको पनि बुधबारबाटै सुरुवात भएको स्वास्थ्य चौकी प्रमुख ढुङ्गेलले बताए । हेटौंडा उपमहानगरपालिका ६ का वडा अध्यक्ष बिष्णुबहादुर दाहालको अध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा उपमहानगरका प्रमुख प्रशासकिय अधिकृत शिबराज चौलागाई, प्रदेश स्वास्थ्य मन्त्रालयका प्रवक्ता दिपक तिवारीले भएको कामलाई दिगो बनाउने तर्फ ध्यान दिन आग्रह गरेका थिए ।