मकवानपुरका छुट्टा छुट्टै दुर्घटनामा दुइ जनाको मृत्यु
हेटौंडा । मकवानपुर जिल्लाको दुइ वटा छुछ्टा छुट्टै दुर्घटनामा दुइ जनाको मृत्यु भएको छ । मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर–१२ खोरभञ्ज्याङ् स्थित भित्र कच्चि सडक खण्डमा शिबम सिमेन्ट उद्योगको चक्ति ढुङ्गा खानिमा शिबम सिमेन्ट उद्योगबाट ढुङ्गा लोड गर्न जादै गरेको टिप्पर आफै अनियन्त्रीत भइ दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो ।
ना ८ ख ५३३५ नम्बरको टिपर आफै अनियन्त्रित भई सडकबाट नौ सय मिटर तल जङ्गलको खोल्सामा खसि दुर्घटना हुँदा मकवानपुरगढी गाउँपालिका वडा नम्बर–२ अदुवाखर्क बस्ने २८ वर्षिय चन्द्र योन्जनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक टेकबहादुर कार्कीले वताउनुभयो । टिपरमा चालक मात्र रहेको भन्ने बुझीएको प्रहरीले जनाएको छ ।
यसैगरी हेटौंडा उपमहानगरपालिका वडा नम्बर–११ थानाभर्यातङ स्थित पुर्व–पश्चिम सडक खण्डमा नवलपुरतर्फबाट हेटौडातर्फ आउदै गरेको मधेश प्रदेश ०३–००१ च ६९४३ नम्बरको हात्ति गाडिले पैदल यात्रिलाई ठक्बर दिदाँ उनको मृत्यु भएको हो । हाल नाम थर नखुलेको हेर्दा मागि खाई हिड्ने जस्तो देखिने मंगोलियन अनुहारको ४० की महिलालाई ठक्कर दिई मृत्यु भएको मकवानपुर प्रहरीले जनाएको छ । मृतकको सव हेटौंडा अस्पतालमा रहेको छ ।