हेटौंडाका निजी बैकहरु व्यावसायीहरुले बन्द गराए

जनपत्र
३० फाल्गुन २०७९, मंगलवार १४:५५

हेटौंडा । हेटौंडाको मुख्य बजार क्षेत्रका निजी बैकहरु मकवानपुरका उद्योगि, व्यावसायीहरुले बन्द गराएका छन् । मकवानपुर उद्योग वाणिज्य संघको नेतृत्वमा जारी आन्दोलनको कारण आज हेटौँडाका नीजि बैंंकहरु बन्द गराइएको हो ।

हेटौंडाको केही बैकमा कालो व्यानरनै लिएर उभिएपछी बैकहरु बन्द भएका छन् । चर्को व्याजदरको विरोध गर्दै आन्दोलनरत व्यवसायीहरुले आज हेटौँडाको बैंक बन्द गराएका हुन् ।

बैंकले ऋण लिएकाहरुलाई थाहा नदिई ब्याजदरमा बृद्धि गरेको भन्दै मकवानपुर उद्योग वाणिज्य संघले आन्दोलनको कार्यक्रमहरु गरिरहेको छ । सोहि कार्यक्रम अन्र्तगत आज बैंकको कारोबार ठप्प पारिएको हो ।

पहिलो चरणको आन्दोलनको कार्यक्रम अनुसार आज निजी बैकहरु बन्द गराइएको मकवानपुर उद्योग बाणिज्यसंघका अध्यक्ष कृष्ण प्रसाद गुप्ता अग्रवालले वताउनुभयो । मकवानपुर उद्योग बाणिज्य संघको नेतृत्वमा नारायणी यातायात व्यवसायी संघ, निर्माण व्यवसायी संघ लगायतका संस्थाका उद्योगी व्यवसायीहरूले र्यालीसहित हेटौंडाको मेनरोड, कान्तिराजथ, पारिजात पथ लगायतका क्षेत्रमा रहेका बैंक बन्द गराएका छन् । आफुहरूको माग पूरा नभएसम्म दोस्रो चरणको आन्दोलन पनि गरिने उहाँले वताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*