भन्सार छली ल्याइएका अवैध सामग्री बरामद

झापा प्रहरी कार्यालयबाट खटेका गस्ती टोलीले भन्सार छली अवैधरुपमा भित्र्याइएका विभिन्न सामग्री बरामद गरेको छ । प्रहरी कार्यालयका प्रवक्ता तथा सूचना अधिकारी खगेन्द्र प्रसाद रिजालका अनुसार हिजो सोमबार झापाको मेचीनगर नगरपालिका ६ बसपार्कबाट भारतबाट अवेध रुपमा ल्याइएका कपडा, मिस्री, सुकेको नरिवल बरामद गरेको हो ।
रिजालका अनुसार अन्दाजी २ लाख ४० हजार रुपियाँ बरावरको सो सामान बरामद गरी मेची भन्सार कार्यालय काँकरभिट्टामा बुझाइएको छ । बिर्ताबजारबाट खटिएको प्रहरी टोलीले भारतबाट अबैध रुपमा भन्सार छलि ल्याइरहेको अवस्थामा मिश्रि २५ केजी र सुकेको नरिवल १५ केजी बरामद गरेको थियो ।