लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ

जनपत्र
३० फाल्गुन २०७९, मंगलवार ०६:४३

गत २०७५ भदौ ९ गतेको फैसलाअनुसार लागूऔषध मद्दाका फरार एक प्रतिवादीलाई झापा प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय झापाबाट खटेको प्रहरी टोलीले सोमबार विशाल कन्दंवालाई पक्राउ गरेको हो ।

मेचीनगर नगरपालिका ६ झापाका २१ वर्षीय कन्दंवालाई जिल्ला अदालत चन्द्रगढीमा उपस्थित गराएर अदालतको आदेशअनुसार कैद भुक्तानका लागि उनलाई झापा कारागार चलान गरिएको झापा प्रहरी प्रवक्ता खगेन्द्रप्रसाद रिजालले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*