राष्ट्रियताको पक्षमा एमालेको कुरामा सबै सहमत छन्–एमाले नेता बाँस्कोटा
हेटौंडा । नेकपा एमालेका पोलिट्ब्युरो सदस्य गोकुल बाँस्कोटाले राष्ट्रियताको पक्षमा एमालेको कुरामा सबै सहमत रहेको वताउनु भएको छ । नेकपा एमाले निकटको नेपाल खेलकुद महासंघ मकवानपुरको आयोजनामा मिसन ग्रासरुट बैठक, बधाइ तथा शुभकामना कार्यक्रमको आज हेटौंडामा उद्घाटन् गर्दै उहाँले राष्ट्रियताको पक्षमा कसैले पनि प्रश्न उठाउन नसक्नेगरी काम गरिएको वताउनुभयो ।
अहिले बिद्यार्थीहरुको स्ववियु चुनाबको समयमा सबै एक भएर अरुलाई पराजित गर्नेगरी लाग्नका लागि निर्देशन समेत उहाँले दिनुभयो । अब ७७ वटै जिल्लामा सर्बसाधरणको पहुँच हुनेगरी आंगिक क्याम्पस खोल्नका लागि उहाँले सरकारसंग माग पनि गर्नुभयो । राज्यव्यवस्थामा बसेर सहि निर्णय गरेर काम गरिदै आएको उहाँको भनाई छ । अहिलेको अवस्थामा चुनावी प्रतिस्पर्धा धेरै खर्चिलो रहेको वताउनुभयो ।
कार्यक्रममा नेकपा एमाले मकवानपुरका अध्यक्ष तथा बागमती प्रदेशका श्रम, रोजगार तथा यातायात मन्त्री एकालाल श्रेष्ठ, एमाले प्रदेश कमिटीका सदस्य बलराम बल, एमाले मकवानपुरका उपसचिब हिदम लामा, खेलकुद महासंघका महासचिब धरम लामा लगायतकाको आतिथ्यता रहेको थियो ।






