सप्तरीमा विद्युत् चुहावट गर्ने पाँच जना पक्राउ

जनपत्र
२८ फाल्गुन २०७९, आईतवार १२:५०

सप्तरी – सप्तरीमा विद्युत् चुहावट गर्ने पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाल विद्युत् प्राधिकरणका कर्मचारीको संयुक्त टोलीले उनीहरुलाई नियन्त्रणमा लिएकाे हाे ।

पक्राउ पर्नेहरुमा विष्णु यादव, देव कुमार यादव, रामपृत यादव, जपेलाल यादव  र महेन्द्र खङ्ग खत्वे रहेका जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।

पक्राउ परेकाहरुलाई विघुत् चुहावट अन्तर्गत कारबाही स्वरुप जरिबाना तिराएर छाडिने नेपाल विघुत् प्राधिकरण शाखा राजविराजले जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*