गैर सरकारी संस्था महासंघ मकवानपुरको अध्यक्षमा सापकोटा

जनपत्र
२८ फाल्गुन २०७९, आईतवार ०८:२०

हेटौंडा । गैरसरकारी संस्था महासंघ जिल्ला साखा मकवानपुरको ९ औ अधिवेशनबाट रमिला सापकोटाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको छ । यसअघि उपाध्यक्ष र कार्यबाहक अध्यक्षमो भूमिकामा रहेर काम गर्दै आउनु भएकी सापकोटा अध्यक्षमा चयन हुनु भएको हो ।

उपाध्यक्षमा कुमारी वाइबा, सचीवमा सन्तोष पौडेल, सहसचिवमा गोकर्ण तिवारी, कोषाध्यक्षमा लक्ष्मी मोक्तान चयन हुनु भएको छ । सदस्यहरूमा अन्जन प्रसाद पौडेल, बिष्णु धिताल, सौजन डिसि, सन्दिप साक्य, सम्राट सिल्वाल, बालकुमारी डल्लाकोटी, सबिना न्यौपाने, कल्पना बिक र शान्ति स्याङ्वो चयन हुनु भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*