मकवानपुर होटल एशोसिएसनको १४ औं साधारण सभा

जनपत्र
२७ फाल्गुन २०७९, शनिबार १४:५५

हेटौंडा– हेटौंडा उपमहानगरपालिकाका प्रमुख मिनाकुमारी लामाले हेटौंडालाई पर्यटकिय हब बनाउँन सहकार्य आवश्यक रहेको बताएकी छन् । मकवानपुर होटल एशोसिएसनको १४ औं बार्षिक साधारण सभालाई उद्घाटन गर्दै नगर प्रमुख लामाले उपमहानगरले पर्यटन प्रवर्धनलाई ध्यान राखेर काम गरीरहेका बताउदै पर्यटकलाई कसरी हेटौंडामा बस्ने वाताबरण बनाउँन सकिन्छ त्यो बिषयमा अध्ययन गर्न जरुरी रहेको बताइन् ।

उनले भनिन् ‘हामि कर्रा र राप्तीलाई कसरी पर्यटकिय गन्तव्यको रुपमा बिकास गर्न सक्छौं भनेर अध्ययन गरीरहेका छौं ।’ दुबै नदिलाई देखाएर हेटौंडामा पर्यटक कसरी रोक्न सक्छौं त्यो बिषयमा व्यवसायीहरुसँग छलफल गर्न उपमहानगर तयार रहेको उनको भनाई थियो । अहिले कर्रा खोलालाई आधार मानेर करीडोर बनाउँने तयारीमा उपमहानगर लागि सकेको भन्दै बागमती प्रदेशको राजधानी हेटौंडालाई व्यवसायीक हब बनाउँने बिषयमा सोच्न जरुरी रहेको उनको भनाई थियो ।

उपमहानगर व्यवसायीक कुरामा सधै सहकार्य गर्न तयार रहेको भन्दै नगर प्रमुख लामाले हेटौंडालाई चिनाउँने बिषयमा सोच्न होटल व्यवसायीहरुलाई सुझाब दिइन् । हामिले बिस्तारै कामलाई गति दिदै छौं उनले भनिन् ‘हेटौंडा वासीलाई १० हजार लिटर पानी निःशुल्क गरेसँगै अब शैक्षिक गन्तव्यको रुपमा बिकास गर्ने चरणमा लागेका छौं ।’ अहिले हेटौंडामा दिर्दै आएको शिक्षालाई विकास गर्ने क्रममा इन्जिनीयरिङ्, कानुन र कृषिको उच्च शिक्षा ल्याउने क्रममा रहेको उनले बताइन् ।

साधारणसभामा मकवानपुर जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले हेटौंडामा आएर पर्यटक बस्नुपर्ने आधार तयार गर्न व्यवसायीलाई सुझाब दिए । उनले भने ‘बाहिरबाट आएका मानिस हेटौंडामा किन बस्नुपर्ने आधार तयार गरौं ।’ उनले व्यवसाय मात्र होइन आउने आगन्तुकको सुरक्षामा ध्यान दिऔं प्रशासन सहयोग गर्न तयार रहेको बताए ।

मकवानपुर होटल एशोसिएसनका अध्यक्ष दिलिश गोबिन्द जोशीको अध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा उपमहानगरपालिका १० का अध्यक्ष फुर्वा लामा, होटल तथा पर्यटन व्यवसायी संघ बागमती प्रदेशका अध्यक्ष दामोदर नेपाल, नारायणी यातायात व्यवसायी संघका अध्यक्ष हिरालाल श्रेष्ठ, होटल तथा पर्यटन व्यवसायी संघ बागमती प्रदेशका सचिब हरी पन्त, निर्माण व्यवसायी संघ मकवानपुरका अध्यक्ष वालगोपाल कँडेलले शुभकामना मन्व्य व्यक्त गरेका थिए ।कार्यक्रममा एशोसिएसनलाई क्रियाशिल बनाइराख्न सहयोग गर्ने सस्थापकहरु शंकरलाल श्रेष्ठ र शालिकराम शर्मालाई दोसल्ला ओडाएर सम्मान गरीएको थियो भने एशोसिएसनको भवन निर्माणको लागि ५ कठ्ठा जमिन उपलव्ध गराएको भन्दै हेटौंडा उपमहानगरपालिकालाई कदर पत्र प्रदान गरीएको थियो । साधारण सभाको समापन एशोसिएसनको उपाध्यक्ष धनबहादुर पौडेलले गरेका थिए ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*