सत्ता गठबन्धनको बैठक बालुवाटारमा जारी

जनपत्र
२७ फाल्गुन २०७९, शनिबार १०:१७

काठमाडौं । सत्ता गठबन्धनका दलका शीर्ष नेताहरुको बैठक सुरु भएको छ । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसेको हो ।

बैठकले उपराष्ट्रपति उम्मेदवार चयनबारे निर्णय गर्नेछ । उपराष्ट्रपति पदको निर्वाचनका लागि आज मनोनयन दर्ता हुँदैछ ।

उपराष्ट्रपतिको निर्वाचन आगामी चैत ३ गतेका लागि तोकिएको छ ।

उपराष्ट्रपतिका लागि सत्ता गठबन्धनबाट जसपाका रामसहायप्रसाद यादव र जनमत पार्टीकी ममता झालगायत आकांक्षी छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*