प्रहरी लापरवाहीले दोसी उम्कने हेटौंडाको चौकिटोलमा सवारीको ठक्करबाट मृत्यु भएका परिवारको गुनासो

जनपत्र
२६ फाल्गुन २०७९, शुक्रबार १९:३७

हेटौंडा । प्रहरी लापरवाहीले गर्दा दोसी उम्कने हेटौंडाको चौकिटोलमा सवारीको ठक्करबाट मृत्यु भएका परिवारको गुनासो गरेका छन् । आज दिउसो जिल्ला प्रहरी कार्यालय मकवानपुर नजिकै पत्रकार सम्मेलन गर्दै पीडित परिवारले मोटरसाइकललाई पछाडीबाट ठक्कर दिने सवारी चालकलाई कार्बाही गर्नुको सट्टा प्रहरीले उन्मुक्ति दिन लागेको गुनासो गरेका छन् ।

हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१ चौकीटोलमा गत शनिबार हेटौंडा–६ का कृष्ण प्रसाद सापकोटाको रातो स्क्वारपियोको ठक्करबाट मोटरसाइकलमा हेटौंडा बजार तर्फ आउँदै गर्दा मृत्यु भएको थियो । प्रहरीले ठक्कर दिने सवारी र त्यसका चालकलाई नियन्त्रणमा लिएर अनुसंधान गरेपनि त्यसदिनका सवारी चालक अर्कै रहेको र मादक पदार्थ समेत सेवन गरेको मृतकका भाइ दिपक सापकोटाले वताए ।

आफन्तरूले घटना भएको एक साता हुन लाग्दा समेत अनुसन्धान निष्कर्षमा नपुगेको भन्दै प्रहरीको कार्यशैलीमाथि आशंका गरेका छन् । उनीहरूले प्रहरीले घटना गराउने सवारी र चालक नियन्त्रणमा लिएको जनाए पनि अझै पुष्टि गर्न नसक्दा अनुसन्धानमा चलखेलको आशंका गरेका छन् । पत्रकार सम्मेलनमा उनीहरूले प्रमाण नष्ट हुन सक्ने, घटनामा संलग्न व्यक्ति फेरबदल भएको हुन सक्ने, प्रहरी दवाब र प्रभावमा पर्न सक्ने भन्दै निष्पक्ष छानविनका लागि सहयोगको आग्रह गरेका छन् ।

यता, मकवानपुरका प्रहरी उपरीक्षक बामदेव गौतमले घटनाको अनुसन्धान भईरहेको बताएका छन् । ठक्कर दिने असली चालकलाई कार्बाही हुनुपर्ने मृतकका भतिज रोशन सापकोटाले वताए । यातायात कार्यालय एकान्तकुनामा कार्यरत कृष्ण शनिबार हेटौँडामा रहेको घर आउने क्रममा प्रहरी चौकी नजिकै रहेको तिरतिरेधारा परिषरमा गाडीले ठक्कर। दिएर मृत्यु भएको थियो । मोटरसाईकलमा सबार रहेका उनलाई स्थानीयले देखेपछि हेटौँडा अस्पताल ल्याएको तर अस्पतालमा उनलाई मृत घोषणा गरिएको थियो । घटनामा संलग्न सवारीको पहिचान, दोषीलाई कारवाही हुनुपर्ने स्थानीय र आफन्तको भनाई छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*