सप्तरीमा विद्युत् चुहावट गर्ने ७ जना पक्राउ

जनपत्र
२६ फाल्गुन २०७९, शुक्रबार १४:४२

सप्तरी – सप्तरीको विभिन्न ठाउँबाट विद्युत् चुहावट गर्ने सात जना पक्राउ परेका छन् ।

नेपाल प्रहरी,सशस्त्र प्रहरी तथा विद्युत् प्राधिकरणसहितकाे संयुक्त टोलीले जिल्लाको विभिन्न ठाउँबाट विद्युत् चुहावट गर्नेहरूलाई पक्राउ गरेकाे हाे । पक्राउ पर्नेहरूमा सप्तरीकाे डाक्नेश्वरी नगरपालिका–३ तरहीका ३६ वर्षीय लक्ष्मीकुमार राय, ३८ वर्षीय श्यामकुमार मुखिया, ६० वर्षीय श्रीप्रसाद साह, २० वर्षीय सन्तोषकुमार मुखिया, विष्णुपुर गाउँपालिका–१ खुरुहुरियाका २० वर्षीय गणेशकुमार यादव, ६० वर्षीय विष्णु शर्मा र शम्भुनाथ नगरपालिका–१२ सोनमाका ५० वर्षीय यदुनन्द यादव रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

पक्राउ परेकाहरूबाट विद्युत् चुहावट ऐनअन्तर्गत जरिबाना लिई छाड्ने विद्युत् प्राधिकरण शाखा राजविराजले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*