ललितपुर महानगरपालिकाका एक कर्मचारी अख्तियारको नियन्त्रणमा

जनपत्र
२६ फाल्गुन २०७९, शुक्रबार ०७:४०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललितपुर महानगरपालिका शिक्षा महाशाखामा कार्यरत शिक्षा अधिकृत (सातौं तह) शेषकान्त पौडेललाई नियन्त्रणमा लिएको छ ।

पौडेलले शिक्षक सरुवा गर्न सहजीकरण गरिदिएवापत सेवाग्राहीबाट एक लाख रुपियाँ लिएको भन्ने उजुरीको आधारमा खटिएका अख्तियारको टोलीले सो रकमसहित पौडेललाई बिहीबार नियन्त्रणमा लिएको आयोगले जनाएको छ ।

यस विषयमा थप अनुसन्धान गर्ने आयोगका सहायक प्रवक्ता देवीप्रसाद थपलियाले बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*