बागमती सरकारबाट तत्काल बाहिरिन्नौँ : मन्त्री थपलिया

जनपत्र
२६ फाल्गुन २०७९, शुक्रबार ०७:४१

हेटौंडा । बागमती प्रदेश सरकारबाट नेकपा एमालेका मन्त्रीहरु तत्काल नबाहिरिने भएका छन्।  राष्ट्रपति निर्वाचनपछि मात्रै राजीनामा दिने बताउँदै आएका एमालेका मन्त्रीहरु राष्ट्रपतिको नतिजा आइसक्दा पनि राजीनामा नदिने पक्षमा देखिएका हुन्।

केन्द्रमा आठ दलीय गठबन्धन बन्दा प्रदेशमा पनि सोही अनुसारको सरकार बिस्तार हुने भएकाले राजीनामा दिइराख्न नपर्ने बागमती एमाले संसदीय दलका नेता तथा प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाले बताए।

उनले २८ गतेको मन्त्रिपरिषद् बैठकपछि मात्र राजनीनामाबारे थाहा हुने बताए । ‘राजीनामा दिने विषयमा हालसम्म कुनै पनि छलफल भएको छैन। मन्त्री थपलियाले भने, ‘यसो भन्दैमा हामी सरकारमै रहन्छौं भन्न खोजेको होइन। सत्ता समीकरण नै फेरिसकेको छ। २८ गते आइतबार मन्त्रिपरिषद्को बैठक छ। सो बैठक पछि मात्रै राजीनामा दिने कि भन्ने छ।’

मन्त्री थपलिया भन्छन्, ‘राजीनामा कहिले दिने भन्ने विषयमा छलफल हुन पाएको छैन। अब स्वतः नयाँ सरकार बन्छ।’ ११० सदस्यीय बागमती प्रदेश सभामा एमालेको २७ सिट रहेको छ। माओवादी, राप्रपा र एमालेको सत्ता साझेदारमा मन्त्रीपरिषद् गठन हुँदा एमालेको भागमा ४ मन्त्रालय परेको थियो। थपलिया सहित एकलाल श्रेष्ठ श्रम रोजगार तथा यातायात मन्त्री, केशवप्रसाद पोखरेल कृषी पशुपन्छी विकास मन्त्री र रामेश्वर श्रेष्ठ स्वास्थ्य मन्त्री छन्। नेपाल खवरबाट ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*