५० अङ्कले बढेर शेयर बजार २ हजार विन्दुमा

जनपत्र
२५ फाल्गुन २०७९, बिहीबार १५:२३

काठमाण्डाै – शेयर बजार आज बिहीवार उच्च अङ्कले बढेर हरियाली भएको छ । शेयर बजार परिसूचक नेप्से आज ५० दशमलव शून्य चार अङ्कले बढेर दुई हजार दुई दशमलव ७० विन्दुमा पुगेको छ ।

आज सबै समूहको शेयर बढेकोमा माइक्रोफाइनान्स, बीमा, जलविद्युत् र फाइनान्स समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ ।

बजार बढेकाे दिन दुई सय ६२ वटा कम्पनीका ४५ लाख ६६ हजार कित्ता शेयर एक अर्ब ५६ करोड ५५ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै शिवम् सिमेन्टको सात करोड ८५ लाख रुपैयाँको शेयर किनबेच भयो ।

आज सबैभन्दा धेरै शुभम् पावर लिमिटेडको शेयर १० प्रतिशत र नेपाल इन्सुरेन्स कम्पनीको शेयर साढे नौ प्रतिशतले बढेको छ । आज सबैभन्दा धेरे सबैको लघुवित्त वित्तीय संस्थाको शेयर साढे एक प्रतिशतले घटेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*