सुनको भाउ आज पाँच सय रुपैयाँले घट्यो

जनपत्र
२५ फाल्गुन २०७९, बिहीबार ११:५३

काठमाण्डाै – हिजो तोलामा एक हजार रुपैयाँले घटेको सुनको भाउ आज पनि पाँच सय रुपैयाँले घटेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ तोलामा १ लाख १ हजार रुपैयाँ तोकिएको छ ।

हिजो तोलामा १ लाख १ हजार ५ सय रुपैयाँ थियो । यस्तै, आज चाँदीको पनि भाउ घटेको छ । तोलामा ५ रुपैयाँले घटेर चाँदी आज १ हजार २ सय २० रुपैयाँमा कारोबार भइरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*